नियम २०
पुन दर्ता
रेडियो यन्त्र बिग्री वा हराई नियम १९ बमोजिम लगत कट्टा गराई सकेपछि त्यस्तो बिग्रेको रेडियो यन्त्र मर्मत गरी फेरि काम लाग्ने भएमा वा हराएको रेडियो यन्त्र फेला परेमा त्यस्तो रेडियो यन्त्र राख्ने व्यक्तिले यसरी काम लाग्ने भएको वा फेला परेको मितिले पैतीस दिनभित्र नियम ३ बमोजिम दरखास्त दिई पुन लाइसेन्स लिनु पर्नेछ ।